बालुवाटारमै लिइयो प्रधानमन्त्रीको स्वाब

बजेट अधिवेशन सुरु हुनुभन्दा पहिले सबै सांसदको कोरोनाभाइरस परीक्षण गर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब बालुवाटारमा नै लिइएको छ । 

अन्य सांसदको चाहिँ संसद भवन बानेश्वरमा स्वाब लिइएको थियो । 

आजबाट सुरु हुने बजेट अधिवेशनमा सहभागी हुन सांसदहरुले अनिवार्य रुपमा कोरोना परीक्षणको रिपोर्ट देखाउनु पर्ने बनाइएको छ । नेगेटिभ रिपोर्ट आएकालाई मात्र संसद भवनमा इन्ट्री दिइनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओली चाहिँ यो रिपोर्टका लागि बिहीबार संसद भवन बानेश्वर पुगेनन् । उनको स्वाब बालुवाटारमा नै लिइएको छ । उनको शुक्रबार स्वाब लिइएकाले उनले शुक्रबारको संसद बैठक छुटाउने छन् । 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार १६:१७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया