रेशम चौधरीको प्रसंग निकाल्दै राजेन्द्र महतोले सोधे– नेपाली जनताले यो शक्तिशाली सरकारबाट के पाए ?

शुक्रबार सुरु भएको संसद बैठकमा जनता समाजवादीका नेता राजेन्द्र महतोले लकडाउन अहिलेको बाध्यकारी तथा पीडादायी अवस्था भएको बताएका छन् । 

उनले संसदमा सम्बोधन गर्दै विश्व महामारी कोरोनाभाइरसका कारण दुखद अवस्थामा रहेको यो समयमा संसद बैठक सुरु भएको भन्दै अहिले दुःख बढिरहेको बताए । ‘प्रथम बैठक सुरु हुँदा हामी खुसी थियौँ,’ उनले संसदमा भनेका छन्, ‘दुई तिहाईको सरकार बनेको छ, सबै खुसी होला भन्ने थियो । पहिचानको अधिकार होला भन्ने थियो, शक्तिशाली सरकार बनेको छ भन्ने सबैलाई लागेको थियो ।’

तर, आज यो संसदको छैटौं अधिवेशन हुँदा त्यो सब सुख हटेर प्रश्न उठेको उनले बताए । 

उनले प्रश्न गरे– नेपाली जनताले के पाए ?

उनले त्यति बेला देखेको सपना अहिले कुनै पनि पूरा नभएको बताएका छन् । उनले नेपाली जनताले त्यो सपना पाएको हो त भन्ने प्रश्न गरेका छन् । 

संसद बैठकमा उनले सांसद रेशम चौधरीको पनि प्रसंग उठाए । ‘निर्वाचित सांसद किन रिहा भएन,’ उनले भने, ‘आज म यी कुनै कुरा उठाउँदिनँ, आज एउटा कुरा मात्र उठाउन मन लागेको छ– नेपाली जनता अहिले संकटमा छ, उसको रक्षा गर ।’



उनले अन्य सवाल आफूले आज नउठाउने बारम्बार दोहो¥याए । उनले अहिले कोरोनाभाइरस महामारीविरुद्ध सरकारले कसरी इमान्दार काम गरिरहेको छ भन्ने विषयमा आफूले प्रश्न उठाउन चाहेको बताएका छन् । 

‘जनता अहिले त्राहिमाम,’ उनले भने, ‘जनता जगाउनु पर्ने बेलामा सरकार पार्टी फुटाउन किन लागेको ?’




  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार १६:४९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया