सरप्राइज भन्दै संसदमा सांसद ‘अपहरण’को प्रसंग उठाए राजेन्द्र महतोले

शुक्रबारबाट सुरु भएको बजेट महाविधेशनमा आफ्नो मन्तव्य राख्दै जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अहिले सरकार कुर्सी जोगाउन जे पायो त्यही काम गरिरहेको दाबी गरे । 

‘यस्तो समयमा सांसद नै अपहरण गर्ने ?’ उनले प्रश्न सोधे, ‘अनि अपहरण भयो भनेर उजुरी दिन जाँदा उजुरी नलिने ?’

उनले सरकारले जनतालाई थप पीडा दिइरहेको पनि आफ्नो सम्बोधनमा भने । ‘फुटाउन त हाम्रो पार्टी पनि फुटाउने रे,’ उनले भने, ‘अनि फुटाएर हाम्रो पार्टीलाई आफ्नो पार्टीमा लैजाने रे ।’

‘सरप्राइज,’ उनले भने, ‘खुदा पहाड निकला चुहा, यहाँ त अर्कै सप्राइज पो आएको रहेछ ।’

उनले यस्ता सरप्राइज नेपाली जनतालाई चाहिएको छैन भन्दै आफूहरुले पनि सरप्राइज देखाइदिएको बताए । ‘हामीले पनि सरप्राइज गरेर रातारात मिलेर देखाइदियो,’ उनले भने, ‘त्यसैले आजको दिनमा दुई तिहाईको सरकारले दुई कौडीको काम गरेको छैन ।’

जनता पीडामा रहेको अवस्थामा सरकारले यस्तो गतिविधि गरेपछि अरु भन्ने शब्द नभएको उनले बताएका छन् । 



उनले आज मानवअधिकारको विषय, संविधान संशोधन, भ्रष्टाचार गरेको विषय पनि नउठाउने भन्दै निर्मला हत्याकाण्डबारे पनि प्रसंग उठाए । 

‘आज केही पनि विषय नउठाउने,’ उनले भने, ‘अजेन्डा नभएको सरकारसँग केही माग्दैनौँ । गुन्डा लगाएर अपहरण गर्ने सरकारसँग के माग्ने ? यो सरकारले कुर्सीको लडाइँ गर्न जानेको छ, त्यसमा सिपालु छ यो सरकार ।’




  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार १६:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया