शुक्रबार संसद बैठकमा सम्बोधन गर्दै प्रतिपक्षी दल जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले विश्व महामारी बनेको कोरोनाभाइरसको नेपालमा परीक्षण नपुगेको उनले बताएका छन् ।
‘सरकार यसमा ढुक्क भएर बस्नु हुँदैन,’ उनले भने, ‘हामीले यो भाइरस आउने भन्ने थाहा हुँदाहुँदै हामी ढुक्क भएर बस्यौँ, यसले क्षति हुने खतरा बढाएको छ ।’
उनले पिसिआर परीक्षण पूर्णरुपमा गर्न नसकेको खण्डमा पनि यसमा सरकारले गम्भीर बन्नै पर्छ भन्ने आवाज पनि उठाए ।
‘लकडाउन गर्नै पर्ने थियो,’ उनले भनेका छन्, ‘हामीसँग खुला सिमाना छ, लकडाउन गर्नै पर्ने बाध्यता हो । हाम्रो सरकारले चाहिँ विदेशमा रहेका हाम्रा नेपाली नागरिकलाई रोकेको छ, तर हामीले अरु काम गरेका छैनौँ ।’
उनले विदेशमा रहेका नेपाली श्रमिकको अवस्था निकै दयनीय भएको पनि बताए ।
‘मलाई राति राति फोन आउँछ, विभिन्न देशका सरकारले जाउ भनेको छ,’ उनले भने, ‘तर, यता सरकारले कुनै तयारी छैन ।’ उनले ६० लाख नेपालीमध्ये एक चौथाइ पक्कै विस्थापित हुने भएकाले यसबारे सरकारले छिटो योजना बनाउनु पर्ने बताएका छन् ।
उनले अस्थायी मजदूरी गर्ने मानिसलाई पनि सरकारले समयमा नै हेर्न नसकेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।