काेसी ब्यारेज क्वारेन्टाइनबाट भागे १९ भारतीय, ३ दिनदेखि वेपत्ता

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजस्थित एक क्वारेन्टाइनमा पछिल्लो दुई सातादेखि बस्दै आएका मध्यै १९ जना भारतीय नागरिक पछिल्लो तीन दिनदेखि बेपत्ता रहेका छन् । बुधबार मध्य रातिबाटै ती १९ जना भारतीयहरु बेपत्ता रहेको सँगै बस्दै आएकाहरुले बताएका छन् ।

भारतको विहार तथा पश्चिम बंगाल राज्यका ७२ जनालाई उक्त क्वारेन्टाइनमा राखिएको थियो । स्थानीय प्राथमिक विद्यालय भवनमा राखिएका उनीहरुको खाना तथा बास लगायतका लागि आर्थिक सहयोग हनुमाननगर कंकालिनी नगरपालिकाले गर्दै आएको थियो भने क्वारेन्टाइनको व्यवस्थापना तथा सुरक्षाको जिम्मेवारी इलाका प्रहरी कार्यालय भारदहले निर्वाह गर्दै आएका थिए । त्यहाँ बस्दै आएका भारतीयहरु मध्ये अधिकांश मुश्लिम थिए ।

यता बुधबार रातिदेखि बेपत्ता रहेका १९ जना सबै मुश्लिम रहेका थिए । नेपालका विभिन्न स्थानमा मजदुरी गर्दै आएका तथा लकडनका बेला अन्यन्त्रबाट आएका ती भारतीयहरुले क्वारेन्टाइनमा राखिएको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ ।

कोसी ब्यारेजको पश्चिमी छेउमा रहेको प्राथमिक विद्यालयमा उक्त क्वारेन्टाइन रहेका कारण भारतीय सिमाना एवम प्रदेश एक सँगको सिमानासँग समेत जोडिएको रहेकोले सुरक्षा संवेदनशिलतालाई मध्य नजर गर्दै त्यहाँको सुरक्षा लगायतका सम्पुर्ण जिम्मेवरी नेपाल तथा सशस्त्र प्रहरीले बहन गर्दै आएका थिए । त्यहाँ २४औ घण्टा प्रहरीको निगरानी रहने गरेका थियो ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार १८:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया