नेपालमा पहिलो पटक स्थानीय तहमा देखिएको कोरोनाभाइरस संक्रमणबाट पीडित सुदूरपश्चिमकी महिला अब निको भएकी छिन् । उनी कोरोनाभाइरसलाई पराजित गर्दै घर फर्किएकी छिन् ।
उनी ३६ दिनअघि अस्पतालमा भर्ना भएकी थिइन् । सेती प्रादेशिक अस्पतालमा लगातार ६ पटक कोरोना रिपोर्ट पोजेटिभ आएकी उनको पछिल्ला तीन रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
दुबईबाट आएका उनको देवरमा पनि कोरोनाभाइरस संक्रमण देखिएको थियो । १४ चैतमा उनलाई कोरोना देखिएको थियो भने २२ चैतमा यी महिलामा कोरोनाभाइरस भएको प्रमाणित भएको थियो ।
सुदूरपश्चिममा योसँगै सबै कोरोनाभाइरस संक्रमितले कोरोनालाई जितेका छन् । सुदूरपश्चिममा अहिलेसम्म ५ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।