त्रिशुलीमा माछा मार्दा खाेलाले बगायाे, एककाे मृत्यु

रसुवामा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा रसुवाको उत्तरगया गाउँपालिका–१ खाल्टेका २८ वर्षीय ठुलोकान्छा तामाङ रहेका छन् ।

त्रिशूली नदीमा माछा मार्ने क्रममा बुधबार दिउँसो तामाङलाई खोलाले बगाएको थियो। 

प्रहरी र स्थानीयले खोज्ने क्रममा बिहीबार नुवाकोट जिल्लाको बिदुर नगरपालिका–७ तुप्चे स्थित त्रिशूली जलविद्युतको नहरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

उनको जिल्ला अस्पताल नुवाकोटमा पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको छ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २०:१४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया