मलेसियामा थप २५ नेपाली कामदारलाई कोरोनाभाइरस (कोभिड १९) संक्रमण भएको छ ।
योसँगै त्यहाँ पनि उल्लेख्य संख्यमा नेपालीमा कोरोनाभाइरस देखिएको छ । तर, मलेसियाले अहिलेसम्म कति जना नेपालीलाई कोभिड १९ संक्रमण भयो भनेर खुलाएको छैन ।
आज भएको परीक्षणमा त्यहाँ काम गर्ने पेडास र रिमवु उद्योगका विदेशी कामदारमा कोरोनाभाइरस संक्रमण देखिएको हो । ६० जनामा देखिएको कोरोनाभाइरसमा २५ जना नेपाली भएको बताइएको छ ।
थप ४ सय ४० जनाको रिपोर्ट आउन बाँकी छ । तर, त्यसमा कतिजना नेपाली छन् भन्ने अझै खुलेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।