इरफानलाई सम्झिएर भावुक भइन् दीपिका

बलिउडका चर्चित अभिनेता इरफान खानले यो दुनियाँलाई छोडेको अब एक साताभन्दा बढी भइसकेको छ ।

तर, उनीसँगका यादहरु र सम्झना अहिले नै हराइसकेका छैनन् । 

त्यसैले पनि हुनुपर्छ, बलिउड अभिनेता तथा अभिनेत्रीहरु अहिले पनि सामाजिक सन्जालमा उनको विषयमा लेखिरहेका छन् । यस्तैमा परेकी छिन्, अभिनेत्री दीपिका पादुकोण पनि । 

सन् २०१५ मा इरफान खान र दीपिका पादुकोणले पीकू नामको फिल्म गरेका थिए । यो फिल्मले अत्यन्त राम्रो रेस्पोन्स पनि पाएको थियो । 

यो फिल्म रिलिज भएको आज पाँच वर्ष भएको छ । यही फिल्मबारे सम्झिँदै दीपिकाले इरफानलाई सम्झिएकी हुन् । उनले इरफानसँगको फोटो सेयर गर्दै एउटा कविता पनि लेखेकी छिन् । 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २१:२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया