चार महिनापछि पक्राउ परे डडेल्धुरामा पुरुषमाथि जबरजस्ती गरेका अभियुक्त

अप्राकृतिक मैथुन गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । एक स्थानीय पुरुषलाई नै अप्राकृतिक मैथुन गरि फरार रहेको एक जना पुरुषलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको हो ।

भागेश्वर गाउँपालिका–४ का बिमल ओड नाम गरेका पुरुष पक्राउ परेका हुन । पुरुषलाई नै अप्राकृतिक रुपमा मैथुन गरि फरार रहेका ओडलाई बिहीबार पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

स्थानीय एक पुरुषलाई मैथुन गरेको अभियोगमा ओडलाई कारवाहीको माग गर्दै २०७६ पुष २६ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । उनले भने, कारवाही प्रकिया अघि बढाउन प्रहरीले उनको खोजतलास गर्दा उनि घर छोडी फरार रहेका थिए । लकडाउनका समयमा उनि घर आएको भन्ने गोप्य सूचरनाका आधारमा उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएपछि अनि माथि लागेको आरोप बारे अनुसन्धान थालि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २१:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया