चिर्पट प्रहार गरि भिनाजुकाे हत्या

खोटाङमा कान्छी श्रीमती तर्फका सालोले चिर्पट प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका २७ वर्षीय मिलन राईको चिर्पट प्रहारबाट ४७ वर्षीय भिनाजु पृतीलाल राईको बिहीबार साँझ मृत्यु भएको हो ।

कान्छी श्रीमती तर्फका सालोको चिर्पट प्रहारबाट पृतीलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । घटनामा संलग्न मिलन र उनका २० वर्षीय भाई जीवन राईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

२०६४ साल कात्तिक ३ गते आफ्नै सासु र कान्छी श्रीमती हत्या गरेका पृतीलाल ८ वर्ष ६ महिना १३ दिनको कैंद भुक्तान गरेर २०७३ साल जेठ १५ गते जिल्ला कारागार शाखा दिक्तेलबाट छुटेका थिए ।

१२ वर्षअघि हत्या गरिएका तिनै कान्छी श्रीमतीका भाईले पुनः पृतीलालको कतव्र्यगरी हत्या गरेको प्रहरीले जनाएको छ । जेलबाट छुटेपछि सुनसरीमा बस्दैआएका पृतीलाल आफन्तको बिहेका लागि लकडाउन अगाडि गाउँमा आएका थिए ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २१:५९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया