अब सुदूरपश्चिम काेराेना 'फ्रि जाेन'

कोरोना भाइरसबाट संक्रमित भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचौ बिरामी शुक्रबार डिस्चार्ज भएकी छिन् । उनी डिस्चार्ज भएसँगै सुदूरपश्चिममा संक्रमण देखिएका सबै निको भएर घर फर्किएका छन् ।   

धनगढी उपमहानगरपालिका–५ की ३४ बर्षीया उनको यसअघि छैटौं पटकसम्म पोजेटिभ रिपोर्ट आएको थियो । सातौं र आठौंपटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको हाे ।

उनी ३५ दिनअघि अस्पताल भर्ना भएकी थिइन् ।

उनी घरपरिवारकै सदस्यबाट संक्रमण सरेकी बिरामी हुन् । दुबईबाट घर आएका उनका देवरमा संक्रमण भेटिएको थियो । देवर यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २२:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया