सिरी ए का सात खेलाडी काेराेना संक्रमित

इटालीको सिरी ए का सात खेलाडी कोरोना भाइरस संक्रमित पाइएको छ । यसमा साम्पडोरियाका चार र फियोरेन्टिनाका तीन खेलाडी रहेका छन् ।

साम्पडोरियाका संक्रमितमध्ये एक खेलाडी यसअघि निको भइसकेका थिए ।

साम्पडोरियाले भनेको छ, ‘खेलाडीको परिक्षणका क्रममा कोभिन १९ को तीन नयाँ संक्रमित भेटिएका छन् भने एक खेलाडीमा भने फेरि संक्रमित पाइएको छ ।’

लिग फेरि सुरु गर्न अगाडि खेलाडी अनिवार्य परिक्षणबाट गुज्रिनु पर्ने क्रममा यी संक्रमित खेलाडी भेटिएका हुन् । इटालीको फुटबल संघले लिग सुरु गर्न अगाडि सबै प्रकारका सुरक्षा उपाय अपनाइने भनेको छ ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २२:५६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया