बलिउड अभिनेता सलमान खानका प्रशंसकको सदावहार प्रश्न हो– उनको विवाहको विषयमा । तर, सलमान खानले मिडियाले सोध्ने यस्ता प्रश्न सधैं टार्दै आएका छन् ।
तर, यसको अर्थ के होइन भने उनको नाम जोडिएका अरु युवतीलाई पनि यसबारे प्रश्न नै सोधिँदैन ।
यसपटक रोमानियाकी उनकी गलैफ्रेन्ड भनिएकी युलिया भन्तुरले यस्तै प्रश्नको सामाना गर्नु परेको छ ।
बलिउड हंगामासँगको अन्तर्वार्तामा उनलाई यो प्रश्न सोधिएको हो । उनलाई सोधियो– सलमान खानसँग कहिले विवाह हुँदैछ ? प्रश्न खस्न नपाउँदै युलियाले जवाफ दिइन्– हे भगवान्, यो प्रश्न किन सोधिन्छ ? मलाई त मेरो आमाबाबुले पनि यही प्रश्न सोध्न थालिसकेका छन् ।
उनले भनेकी छिन्, ‘मानिसले त जीवन पो रमाइलो गरेर बिताउने हो, विवाहको नाममा कहाँ एउटा कागजमा ठप्पा लगाएर हुन्छ ?’
त्यसो त युलियासँग अहिले पनि सलमान प्रेममा रहेको मानिन्छ । उनी अहिले लकडाउनमा पनि भारतमा सलमानसँगै सलमानको फार्महाउसमा छिन् । त्यही फार्महाउसमा बलिउड अभिनेत्री ज्याकलिन पनि छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।