प्रहरीले चलाएकाे माेटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु

प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट माेरङमा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो प्रहरी जवान खगेन्द्र कार्कीले चलाएको को.२५प ३८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोरङको बेलबारी नगरपालिका– ८ की ४९ वर्षीया शान्ति राजवंशीको मृत्यु भएको हो । 

साइकलमा यात्रा गरिरहेकी राजवंशीलाई कानेपोखरी गाउँपालिका– ७ मा पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि मंगलबारे अस्पताल लैजाँदै गर्दा महिलाको बाटोमै मृत्यु भएको  इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलीप गिरीले बताए । 

दुर्घटना गराउने प्रहरी जवान कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी गिरीले जानकारी दिए । कार्की सुनसरीको दुहवीस्थित दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत थिए । 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २३:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया