जातीय विभेदलाई 'समर्थन' गरेका नेकपा नेतामाथि उजुरी

जातीय विभेदको घटनामा आरोपीको पक्षमा विज्ञप्ति जारी गर्ने गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापालाई कारबाहीको माग गर्दै नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा उजुरी परेको छ ।

नेकपा निकट दलित नेता एवं संगठनले शुक्रबार सांसद थापालाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।

नेकपाको प्रदेश समिति, कास्की जिल्ला समितिमा रहेका दलित नेता, दलित मुक्ति मोर्चा र उत्पीडित जातीय मुक्ति समाजका सचिवालय सदस्य र दलित जनप्रतिनिधिले पार्टी कार्यालयमा उजुरी बुझाएका हुन् ।

उजुरीमा उक्त विज्ञप्तिको भर्त्सना गर्दै पार्टी विधानबमोजिम सांसद थापालाई कारबाही गर्न माग गरिएकाे छ । झन्डै ८० दलित नेता कार्यकर्ताको सहमतिसहित ५० जनाले हस्ताक्षर गरेर उजुरी बुझाइएकाे हाे ।

नेकपाको अन्तरिम विधान २०७५ को धारा ५६ अनुसार जातीय विभेदमा संलग्न हुने र प्रश्रय दिने नेता कार्यकर्तालाई अवस्था हेरेर आत्मालोचनादेखि पार्टी सदस्यबाट निस्कासन गर्नेसम्मको व्यवस्था छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार ७:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया