गाेरखामा खाद्यान्न बाेकेकाे ट्रक दुर्घटना, चालक गम्भीर

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा चालक बिकास बिक गम्भीर घाइते भएका छन् ।

गोरखाबाट आज बिहान खाद्यान्न लिएर गण्डकी गाउँपालिकाको मकैसिंङ जाँदै गरेको ग १ ख ४४३३ नम्बरको ट्रक सडक बाट २० मिटर तल खसेको प्रत्यक्षदर्शी स्थानीय मदन पन्तले बताए । घाइते बिकको पेटमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि गोरखा अस्पताल ल्याएको छ ।

लकडाउनको बेला केही दिन यता खाद्यान्न, निर्माण सामग्री बोकेका सवारी निर्वाद चल्न दिँदा तिब्र गतिमा हुँईकिने गरेको गुनासो सर्वसाधारणले गर्ने गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार ११:४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया