ट्रम्पले भने– अर्को वर्ष भाइरस थप खतरानक हुनसक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको भ्याक्सिन पत्ता नलाग्दैमा आत्तिनु नपर्ने बताएका छन् । उनले यो भाइरस सम्भवतः कुनै भ्याक्सिनविना नै ठिक हुनसक्ने बताएका छन् । 

यसका साथसाथै उनले कोरोनाभाइरस अर्को वर्ष थप बढी खतरानक हुनसक्ने पनि चेतावनी दिएका छन् । अर्को वर्ष अहिलेको भन्दा संक्रमित संख्या अझ बढ्न सक्ने उनले बताएका हुन् ।

शुक्रबार अमेरिकी सदनमा आफ्ना कुरा राख्दै ट्रम्पले यस्तो बताएका हुन् । उनले यो अनुमानमा कुनै वैज्ञानिक तर्क चाहिँ दिएनन् । 





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार ११:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया