जर्मनीको प्रान्तमा हटाइसकेको लकडाउन फेरि लगाइयो

युरोपेली देशमा भयावह बनेको कोरोनाभाइरसले तुलनात्मक रुपमा जर्मनीमा ठूलो क्षति पु¥याएको छैन । त्यही भएर पनि हुनसक्छ, जर्मनीले देशमा लगाएको लकडाउन अरु देशमा भन्दा छिटो खोल्दैछ । 

तर, जर्मनीकै एउटा प्रान्तमा चाहिँ फेरि पनि लकडाउन लगाउने भएको छ ।

जर्मनीको उत्तरमा पर्ने राइन वेस्टफालिया प्रान्तमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि यस्तो तयारी भएको हो । 

त्यहाँ १२ सय कर्मचारी काम गर्ने एक उद्योगमा १ सय ५० जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । त्यही भएर त्यहाँका अधिकारीहरुले अब लकडाउन फेरि लगाउने भएका हुन् । 

यसअघि जर्मनीमा ११ मेबाट रेष्टुरेन्ट, जिम, पर्यटकीय स्थल तथा ठूला मार्टहरु पनि खोल्ने बताएको थियो ।

जर्मनीमा झन्डै २ लाख कोरोनाभाइरस संक्रमित भएका छन् । झन्डै ८ हजारको कोभिड १९ का कारण निधन भएको छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार ११:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया