भारतमा कोरोनाभाइरसका कारण एक नेपालीको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ । योसँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या कम्तिमा पनि ८५ पुगेको छ । यीमध्ये सबैभन्दा धेरै बेलायतमा निधन भएको छ । बेलायतमा मात्र कम्तिमा पनि ३८ नेपालीको मृत्यु कोरोनाभाइरसका कारण भएको छ । 

भारतमा चाहिँ अहिलेसम्म २८ नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको छ । यीमध्ये २३ नेपाली पहिले देखि नै रोजगारीका लागि भारतमा बस्दै आएका हुन् । पाँच जना केही महिनाअघि मात्र घुम्न भारत पुगेका थिए ।

भारतमा संक्रमित भएका नेपालीमध्ये १२ जना उपचारपछि ठिक भएका छन् । अन्य १५ जनाको उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

मृत्यु भएका नेपाली चाहिँ पाल्पाका हुन् । उनी ४५ वर्षका थिए र केहीअघिदेखि हरियाणामा बस्दै आएको बताइएको छ । 

पछिल्लो संक्रमण बैतडी, दोगडा केदार गाउँपालिकाका २३ वर्षीय पुरुषमा देखिएको छ । ती संक्रमित नेपाली एसियाकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार मानिने आजादपुर तरकारी बजारको एउटा फलफूल पसलमा काम गर्दै आएका थिए ।

संक्रमित नेपालीहरुमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका छन् । महाराष्ट्रको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको सुदूरपश्चिम अछाम मूल घर भएको एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । संक्रमित सबैजना उपचार पछि निको भइसकेका छन् ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार १३:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया