अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका एक वरिष्ठ अधिकारीले अब टोकियो ओलम्पिक कहिले हुन्छ र कसरी हुन्छ भन्ने अनिश्चित भएको बताएका छन् ।
उनले अब ओलम्पिक कसरी गराउने भन्नेमा प्लान बी नभउको बताएका छन् ।
२३ जुलाइबाट हुने भनिएको टोकियो ओलम्पिक ८ अगस्ट २०२१ का लागि सारिएको छ । कोरोनाभाइरसका कारण यो खेलकुदको महाकुम्भ सरे पनि अब त्यसपछि के हुने भन्नेबारे कुनै सोच नबनाइएको ती अधिकारीले बताएका हुन् ।
‘अहिलेसम्म अर्को योजना वा प्लान बी छैन भनेर हामी अगाडि बढेका छौँ,’ ती अधिकारीले भनेका छन्, ‘त्यसैले २०२१ मा पनि हुन नसके ओलम्पिक कहिले र कसरी हुने भन्ने निश्चित छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।