चीनबाट जाने पत्रकारलाई भिसा कडा बनायो अमेरिकाले

अमेरिकाले चीनबाट आफ्नो देश आउने पत्रकारहरुलाई शुक्रबारबाट नयाँ भिसा नियम लागु गरेको छ । अमेरिकी पत्रकाहररुलाई चीनमा दुव्र्यवहार गरिएको भन्दै अमेरिकाले नियम परिवर्तन गरेको बताएको छ ।

केही महिना यता अमेरिका र चीनले एकअर्काको देशबाट आउने पत्रकारहरुलाई निकै कडाइ गर्न थालेका छन् । मार्चमा चीनले केही अमेरिकी पत्रकारहरुले देश छोड्न आदेशसमेत दिएको थियो ।

चीनले यसअघि वालस्ट्रिट जर्नलका तीन पत्रकारलाई देशबाट निकाला गरिदिएको थियो ।

शुक्रबार नयाँ नियम ल्याउँदै अमेरिकाले चीनले स्वतन्त्र पत्रकारितामाथि दमन गरेको आरोप पनि लगाएको छ । 

अब चीनबाट अमेरिका जाने पत्रकारले अमेरिकामा ९० दिनभन्दा बढी बस्न पाउँदैनन् ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार १४:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया