आज लकडाउनकाे ४७ औं दिन

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ४७ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी लकडाउन जेठ ५ गतेसम्म तोकिएको छ । यद्यपी लकडाउनका विषयमा त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले निर्णय गरेको छैन । लकडाउन जारी रहेपनि निर्माण क्षेत्र र विभिन्न उत्पादनका क्षेत्रहरु भने सुचारु हुन थालेका छन् ।

सरकारले विकास निर्माणका काम, उत्पादनका क्षेत्र र अत्यावश्यक वस्तु ढुवानीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै विभिन्न उद्योग, खाद्यान्नका पसलहरु सञ्चालनमा आएका छन् । बैंकिङ तथा वित्तिय क्षेत्रहरु पनि सञ्चालनमा आउन थालेका छन् ।

नेपालमा अहिले कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । १ सय ३५ जना संकास्पद व्यक्ति विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार १४:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया