एक लाख घुससहित डिभिजन वन कार्यालय प्रमुख पक्राउ

नुवाकाेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय प्रमुख जय मंगलप्रसादलाई १ लाख घूस रकमसहित पक्राउ गरेको छ ।

सूर्यगढीगाउँपालिका ५ मा रहेको चुनढुंगाखानी सञ्‍चालनका लागि अनुमति माग्ने क्रममा सेवाग्राहीसँग रकम लिएको अवस्थामा डीएफओ मंगलप्रसादलाई शनिबार कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।

उक्त ढुंगाखानी तादी सिमेण्ट एण्ड लाइम ईन्डस्ट्रिज प्रालिले सञ्‍चालन गर्न माग गरेको थियो । थप अनुसन्धानका लागि अपराह्न डीएफओलाई काठमाडौं लगिएको छ 





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार २०:३७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया