भारतले मानसरोवार जान सहज हुने भन्दै नेपाली भूमिमा एकतर्फी रुपमा बाटो बनाएपछि नेपाली राजनीति तरंगित भएको छ । यसको विरोध शनिबारबाट नै सुरु भएको छ ।
यहीबीच नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक धारणा भन्दै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
‘यसले नेपालको सार्वभौमसत्तामा असर गरेको ठहर गरेका छौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘कोरोनाभाइरसविरुद्ध संसार लडिरहँदा यो भत्र्सनायोग्य कार्य भएको छ ।’
विज्ञप्तिमा तत्काल यो बाटो बनाउने कार्य रोक्न पनि अनुरोध गरिएको छ ।
सत्तारुढ दल नेकपा भए पनि विज्ञप्तिमा नेपाल सरकारले पनि यसको विरोध गर्छ चाहिँ भनिएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।