सांसद अपहरण प्रकरणः पूर्वआइजिपी खनालका चालकसँग प्रहरीले लियो बयान

जनता समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवालाई ‘अपहरण’गरेर काठमाडौं ल्याइएको विषयमा अब प्रहरीले छानबिन सुरु गरेको छ । सरकारी वकिलको कार्यालयले पठाएको उजुरीअनुसार प्रहरीले यसबारे छानबिन सुरु गरेको हो ।

यही छानबिनको क्रममा प्रहरीले पूर्वआइजिपी सर्वेन्द्र खनालका चालकसँग बयान लिएको छ । बयानमा खनालका चालक शिव तामाङले सांसद सुरेन्द्र यादव राजीखुसी काठमाडौं आएको दाबी गरेका छन् । 

यो घटनामा संलग्न भएका नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठसँग पनि प्रहरीले सोधपुछ गर्ने तयारी गरेको छ । डा. यादवले आफूलाई अपहरण गरिएको भन्दै सरकारी वकिल कार्यालयमा मुद्दा दायर गरेका थिए ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार २३:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया