चितवन– पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
घरायसी विवादका कारण खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले दिएको छ ।
प्रहरीका अनुसार शनिबार राति पौने १० बजे बजेको समयमा घटना भएको हो । हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।
निजका दुई श्रीमती रहेको र हत्या गरिएकी कान्छी श्रीमती भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।