अमेरिकामा कोरोना टास्क फोर्सका वरिष्ठ अधिकारीलाई नै क्वारेन्टाइनमा

कोभिड १९ संक्रमति व्यक्तिको सम्पर्कमा पुगेका कारण अमेरिकामा कोरोनाभाइरस टास्क फोर्सका दुई वरिष्ठ अधिकारीहरु नै क्वारेन्टाइनमा बस्नु परेको छ । 

उनीहरुले आफैंलाई क्वारेन्टाइनमा राख्ने फैसला गरेका हुन् ।

यी दुई जना सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशक डा. रोबर्ट रेडफिल्म र फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनका विभाग कमिश्नर स्टिफ हैन हुन् ।

अर्कोतिर, अमेरिकाका अर्का वरिष्ठ अधिकारी डा. एन्थनी फाउचीले पनि आफूले केही समयका लागि घरबाट काम गर्ने बताएका छन् । 

पछिल्लो दुई सातामा ह्वाइट हाउसका अन्य दुई अधिकारीलाई पनि कोरोनाभाइरस संक्रमण भएको थियो । 





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार ११:१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया