चिनियाँ मिडियाले लेख्यो– सगरमाथा चीनमा पर्छ

चीनको सरकारी टेलिभिजन नेटवर्क सिजिटिएन (चाइना ग्लोबल टेलिभिजन नेटवर्क)ले चीन उसको क्षेत्रमा पर्ने लेखेको छ । उसले यस्तो तथ्य लेखेको केही अघि हो । 

पछिल्लो समय उत्तर मोहडाबाट चीनको उचाइ नाप्न चीनले अनुमति पाएको थियो । अहिले चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाइ मापन गरिरहेको छ । 

यही समयमा चीनको सरकारी टेलिभिजन नेटवर्कले ट्विटरमा केही तस्वीरहरु राखिएको छ । सगरमाथाबाट सूर्यको ‘हालो प्रकृति’ देखिएको भन्दै चार तस्वीर राख्दै चिनियाँ मिडियाले सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।

उसको ट्विटमा चीनमा सगरमाथा पर्ने मात्र लेखिएको छैन, सगरमाथाको स्थानीय नाम छोमोलोङ्माको पनि उद्धृत गरिएको छ । ‘विश्वको अग्लो शिखर चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्छ,’ सिजिटिएनको ट्विटमा उल्लेख गरिएको छ । यसको विरोधमा निकै धेरैले यसलाई सच्याउन आग्रह गरेका छन् । 

अहिले सामाजिक सन्जालमा यो व्यापक चर्चाको विषय बनिसकेको छ ।

 





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार ११:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया