अब लिपुलेकबारे भारतसँग मात्र होइन, चीनसँग पनि वार्ता हुनुपर्छः प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब लिपुलेकको विषयमा भारतसँग मात्र नभएर चीनसँग पनि वार्ता गर्नु पर्ने बताएका छन् । उनले लिपुलेकको सीमा विवाद नेपाल र भारतसँग मात्र नजोडिएर चीनसँग पनि जोडिने भएकाले चीनसँग पनि वार्ता गर्नु पर्ने बताएका हुन् । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियधुराको विषयमा छलफल गरेर मात्र नहुने बताएका हुन् । पछिल्लो समय भारतले लिपुलेकमा नेपाली भूमि प्रयोग गर्दै मानसरोवर जाने बाटो खोलेपछि यसमा चीन पनि संलग्न भएको प्रचण्डले निष्कर्ष निकालेका हुन् ।

‘लिपुलेक प्रकरण पछि अब यो त्रिदेशीय विषय बनेको छ, अब दुई देशले मात्र हल गरेर पनि हुँदैन, अप्ठ्यारो छ,’ प्रचण्डले भने, ‘यो विषयमा चीन पनि संलग्न भएको छ, भारत र चीनबीच सम्झौता भएको छ । अब यो विषयमा चीनसँग पनि वार्ता गर्नुपर्छ ।’

भारत र चीनबीच यो लिपुलेक हुँदै मानसरोवर बाटो लैजाने सम्झौता २०७२ सालमा भएको थियो । 

यही आधारमा प्रचण्डले चीनसँग पनि वार्ता हुनु पर्ने विषय उठाएका छन् । तर, यो विषय अहिले अन्तर्राष्ट्रिय अदालतमा लैजान चाहिँ नहुने प्रचण्डको भनाइ छ । 





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १४:२१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया