लकडाउन खुलेको दुई सातमा नै एसइई लिने तयारी

लकडाउन खुलेको दुई सातामा नै माध्यमिक शिक्षा परीषा (एसइई) लिने तयारी सरकारले गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लिखित परीक्षा लिएपछि मात्र एसइईले कानुनी मान्यता प्राप्त गर्ने भन्दै एसइई लिनै पर्ने बताएको छ । 

यसअघि ६ चैतबाट हुने भनिएको एसइई परीक्षा कोभिड १९  का कारण स्थगित भएको थियो । 

त्यसपछि विभिन्न सरोकारवाला निकायहरुले यसपटकको एसइई परीक्षा नलिए पनि हुने बताउँदै आएका थिए । अब शिक्षा मन्त्रालयले यस्ता अभिव्यक्ति नदिन पनि अनुरोध गरेको छ । यस्ता भनाइले विद्यार्थीलाई अन्योल सिर्जना गरेको भन्दै मन्त्रालयले यस्तो स्पष्टीकरण दिएको हो ।

मन्त्रालयका अधिकारीहरुले विद्यार्थीहरुलाई एसइईका लागि तयार भएर बस्न पनि अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १६:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया