सिन्धुलीमा नेपाली हजार रुपैयाँको नक्कली नोट भेटिएको छ ।
त्यहाँको कमलामाई नगरपालिकामा एक किराना स्टोर्समा आइतबार नक्कली नोट भेटिएको हो ।
तर, त्यो नोट त्यहाँ कसरी आइपुग्यो भन्ने आफूलाई थाहा नभएको किराना स्टोर्सका सन्चालकले जानकारी दिएका छन् । रायमाझी किराना स्टोर्समा नक्कली नोट भेटिएपछि प्रहरीले अवैध कारोबारीको खोजी सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।