कोरोना जितेपछि विराटनगरमा थप दुई जना डिस्चार्ज्ड

विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रबाट थप दुई जनालाई अस्पतालले डिस्चार्ज गरेको छ । पछिल्ला दुई परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि दुई जनालाई आइतबार डिस्चार्ज गरिएको हो । 

डिस्चार्ज हुनेमा झापा र भोजपुरका संक्रमित रहेको उपचार केन्द्रका डा। दिपक सिग्देलले जानकारी दिएका दिएका छन् । उनका अनुसार अनुसार कोभिड उपचार केन्द्रमा भोजपुरका २७ वर्षीय युवा १० वैशाखमा र झापाका ६३ वर्षीय वृद्ध १२ वैशाखमा अस्पातलमा भर्ना भएका थिए । त्यही दिन उनीहरु दुवैलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । 

डिस्चार्ज भए पनि यी दुवैलाई स्थानीय जनप्रतिनिधिको सहयोगमा होम क्वारेन्टाइनमा राखिने डा. सिग्देलले बताएका छन् ।

दुई जना डिस्चार्ज भएको यो अस्पतालमा आज नै उदयपुरका एक युवा भर्ना भएका छन् । उनलाई हिजो शनिबार नै कोरोनाभाइरस संक्रमण देखिएको थियो । 

उदयपुरको भुल्केका २ सय ३७ जनाको कोरोना परिक्षण गरिएकोमा शनिबार  ३ जनाको रिपोर्ट  पोजेटिभ देखिएको थियो । अहिले विराटनगरको यो कोरोना उपचार केन्द्रमा १९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । 

केन्द्रमा भर्ना भएका १६ जना उपचार पछि संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् । 





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १८:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया