कालिकोटमा वडाध्यक्षले कुटे गाउँपालिका अध्यक्ष र उनकी पत्नीलाई, गम्भीर घाइते

कालिकोटको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमलाई वडाध्यक्षले कुटेपछि गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि हेलिकोप्टरबाट आइतबार कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ । 

उपभोक्ता समिति गठनको विषयमा विवाद हुँदा शनिबार पलाता गाउँपालिका वडा १ का अध्यक्ष मानबहादुर भण्डारीसहित वडा सदस्यहरुले अध्यक्ष बमलाई कुटपिट गरेका थिए ।

गाउँपालिका अध्यक्ष बमले ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने विषयमा छलफल भइरहेका बेला वडाध्यक्षसहित चार जनाले ढुंगा र लाठ्ठीले कुटपिट गरेको बताएका छन् । 

उनीलाई हेलिकोप्टरले पलाताबाट सुर्खेत ल्याइयो । उनको दायाँ कान नजिकै चोट छ भने उनकी श्रीमती गोरीकलाको टाउकोमा गम्भीर चोट छ। 

अध्यक्ष बमले आक्रमणमा संलग्न चार जनाविरुद्ध ज्यान मार्ने उद्योगमा लिखित जाहेरी दिएपनि जिल्ला प्रहरी कार्यालय कालिकोटले मुद्धा दर्ता गर्न नमानेको बताएका छन् । 





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार २१:४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया