सल्यानमा महिलाको उजुरी– पूर्वपतिले बलात्कार गरे

सल्यानमा एक महिलाले आफूलाई पूर्वपतिले बलात्कार गरेको उजुरी प्रहरीमा दिएकी छिन् । शारदा नगरपालिकाकी महिलाले ३३ वर्षका ती पुरुषले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् ।

आफू मिलबाट घर फर्किँदै गर्दा पूर्वपतिले कुटपिट गरेको र जंगलमा लगेर बलात्कार गरेको उनले आरोप लगाएकी छिन् । जिल्ला प्रहरी कार्यालयसल्यानका अनुसार ती युवाले महिलालाई म अझै तिमीलाई पत्नी मान्छु भन्दै जंगलमा लगेका थिए । 

यी दुवैजनाले बहुविवाहको सजाय भोगेका थिए । उनीहरु जेलबाट ०७६ साल वैशाखमा मात्र छुटेका थिए ।

ती महिलाले उजुरी दिएपछि युवक फरार छन् । प्रहरीले उनको खोजी गर्दै घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार २२:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया