कोरोना अपडेटः के छ हाल अमेरिकाको ?

गत डिसेम्बारबाट मानिसमा संक्रमण हुन थालेको कोरोनाभाइरसका कारण अहिले सबैभन्दा बढी प्रभावित देश बनेको छ, अमेरिका । अमेरिकामा विश्वका सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यस्तै, अमेरिकामा नै यो भाइरसका कारण सबैभन्दा धेरैको मृत्यु भएको छ । 

अमेरिकामा पछिल्लो २४ घन्टामा ७ सय ७६ जनाको कोरोनाभाइरसका कारण निधन भएको छ । जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अब अमेरिकामा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ७९ हजार ५ सय २६ पुगेको छ ।

त्यसो त यो संख्या दैनिक मृत्यु हुनेको संख्यामा मार्च यताकै सबैभन्दा कम हो । यसअघि प्रत्येक दिन अमेरिकामा १ हजार देखि २५ सय सम्मको एक दिनमा निधन हुने गरेको थियो ।

अमेरिकामा पछिल्लो तथ्यांकअनुसार १३ लाख २९ हजार २ सय ६० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यो स्पेनको भन्दा पाँच गुणा बढी हो । कोरोना संक्रमितको धेरै संख्या हुने स्पेन दोस्रो देश हो । मृत्युमा चाहिँ बेलायत दोस्रो हो ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार ९:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया