धुर्मुसले भने– जननी जन्मभूमिस्च स्वर्गादपी, ससम्मान भारतले नेपाली भूमि फिर्ता गरोस्

धुर्मुस नामबाट चर्चित हाँस्य कलाकार सीताराम कट्टेलले सामाजिक सन्जाल फेसबुकमा लिपुलेकमा नेपाली भूमिमा भारतीय अतिक्रमणविरुद्ध लेखेका छन् । 

उनले नेपालको सीमा मिचिरहने र विवादमा आइरने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्तर्गत लिपुलेकमा बनाएको सडकले प्रष्ट पारेको उल्लेख गरेका छन् । 

नेपालमा ७१ स्थानमा भारतीय पक्षले सधैं सीमामा विवाद झिकेको भन्दै उनले जतिसक्दो छिटो भारतले ससम्मान नेपाली भूमि फिर्ता गर्नु पर्ने माग राखेका पनि छन् । उनले नेपाली पक्षले पनि कुटनैतिक ढंगबाट सीमा विवाद सुल्झाउन पहल गरोस् भन्ने कामना पनि गरेका छन् । 

उनले हामीलाई सीमा मिचेर ठूलो भूभाग भएको छिमेकीभन्दा ठूलो हृदय भएको छिमेकी चाहिएको पनि उल्लेख गरेका छन् ।

 





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार ९:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया