बलात्कार आराेपित युवा १० दिनपछि पक्राउ

माेरङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका भनिएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको १० दिनपछि प्रहरीले आरोपित युवकलाई पक्राउ गरेको हो ।

मोरङको मिक्लाजुङकी ती किशोरीलाई वैशाख १९ गते बलात्कार गरेको आरोपमा स्थानीय २२ वर्षीय धिरेन मगरलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि उनी फरार रहेका थिए ।

लकडाउनका बेला घरमा अरु कोही नभएको अवस्थामा ती किशोरीमाथि बलात्कृत भएको प्रहरीको भनाइ छ । पीडित बालिकाको स्वास्थ्य जाँच गराएर संरक्षण गृहमा राखिएको छ ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार ९:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया