एजेन्सी( कोरोना भाइरस संक्रमणका कारण प्रभावित अर्थव्यवस्था सुधार्न साउदी अरबले तीन गुणा कर बढाउने निर्णय गरेको छ । साउदी सरकारले बिग्रँदो अर्थ व्यवस्था सदृढ बनाउन कर वृद्धि गरेको जनाएको छ ।
बिबिसीका अनुसार सो कर आगामी जुलाईबाट लागू हुनेछ । साउदी सरकारले आगामी जुनबाट कर्मचारीलाई दिइने ‘कस्ट अफ लिभिङ अलाउन्स’ पनि रोक्ने निर्णय गरेको छ ।
साउदी अरबमा ३९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमणका कारण साउदी अरबमा नराम्रो प्रभाव परेको छ । साउदीमा तेलको मूल्य घटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।