भारतलाई नेपालको जवाफ– लिपुलेक सन्दर्भमा कोरोना अन्त्यसम्म पर्खिन सक्दैनौँ

भारत सरकारले नेपाली भूमि प्रयोग गरेर मानसरोवर जाने बाटो बनाएको विषयमा भारत र नेपालको सवाल जवाफ सुरु भएको छ । भारतले कोभिड १९ को अन्त्यसम्म नेपाललाई पर्खिन भनेको र त्यसपछि यस विषयमा वार्ता गर्ने प्रस्ताव राखेकोमा अब नेपालले यस्तो गर्न नसक्ने बताएको छ ।

नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले यसअघि पनि आपत्ति जनाएको थियो । शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडिओ कन्फ्रेन्सबाट उक्त बाटो उद्घाटन गरेपछि नेपालले शनिबार नै विज्ञप्ति निकालेर यसको विरोध गरेको थियो ।

परराष्ट्र मन्त्रालय, नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेसलगायत दर्जनौँ संघसंस्थाले विज्ञप्ति निकालेर विरोध जनाएपछि भारतले कोरोनाभाइरसको अन्त्यसम्म नेपाललाई यस विषयमा पर्खिन अनुरोध गरेको थियो ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले चाहिँ त्यति बेलासम्म नेपालले पर्खिन नसक्ने बताएका हुन् । ‘अस्ति भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेरेँ । कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ । हामी त्यति पर्खिने पक्षमा छैनौं । छिटो वार्ता सुरु गर्नुपर्छ भन्ने छ,’ उनले भने, ‘हामीले २ नोभेम्बर देखि लगातार ताकेता गरिरहेका छौँ ।’

 





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार १३:५०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया