भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर मानसरोवर जाने बाटो बनाएपछि नेपालले भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालय बोलाएर सोधपुछ गरेको छ ।
यो विषयमा जानकारी लिइएको र परराष्ट्र मन्त्री प्रदीप ज्ञवादीले राजदूत क्वात्रासँग यसरबारे सोधपुछ गरेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् ।
परराष्ट्रका ती अधिकारीका अनुसार राजदूत क्वात्रालाई कूटनीतिक नोट पनि दिइएको छ ।
पछिल्लो समय सीमा विवाद निम्तिएपछि नेपाल सरकारले राजदूतलाई बोलाएर स्पष्टिकरण लिएको यो पहिलो पटक हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।