स्पेनको सबैभन्दा ठूलो लिग खेल १२ जुनबाट सुरु हुनसक्ने सम्भावना रहेको बताइएको छ । लिगका अध्यक्ष जाभियर टेबासले आफूहरुले यस्तो हुने अपेक्षा लिएको बताएका छन् ।
ला लिगा गत मार्चदेखि नै स्थगित भएको छ । तर, गत सातादेखि फेरि ला लिगाले बन्द रंगशालामा खेल खेलाउने भन्दै खेलाडीहरुको परीक्षण गरेर अभ्यास खेलाउन थालेको छ ।
स्पेनका दुई क्लबका खेलाडीहरु यसअघि नै कोरोनाभाइरस संक्रमित देखिएका छन् । तर, टेबासले निरन्तर परीक्षण गरेर अगाडि बढ्दा यसले कुनै समस्या नहुने बताएका छन् ।
युरोपमा कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावित देशमध्ये एक स्पेन हो । तर, विस्तारै त्यहाँ अब लकडाउन खुकुलो बनाउँदै गइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।