५ जेठसम्म कपिलवस्तु सिल गरिने

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारले कपिलवस्तु जिल्लालाई ५ जेठसम्म सिल गर्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । सोमबार अर्थात् आजै साँझ पाँच बजेबाट जिल्ला पूर्णरुपमा सिल गरिने भइएको छ । 

भारतबाट आएकाहरुमा बढी कोरोनाभाइरस संक्रमण देखिएपछि भारतीय सीमानाका पनि पूर्ण र कडाइका साथ सिल गरिने सुरक्षा समितिले निर्णय गरेको छ । कपिलवस्तुमा अहिलेसम्म १५ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये १० जना सोमबार मात्र भेटिएका हुन् । सोमबार भेटिएका १० जना नै भारतबाट नेपाल लुकिछिपी आएको बुझिएको छ ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार १८:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया