बाैद्धबाट ११ चाेर पक्राउ

लकडाउनको मौकामा चोरी गर्ने ११ जनालाई महानगरीय प्रहरीवृत्त बौद्धले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई महिला र नौ पुरुष छन्।

उनीहरूलाई बौद्ध क्षेत्रका विभिन्न स्थानबाट पक्राउ गरेर मुद्दा चलाएको वृत्तका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा गोरखा घर भई हाल बौद्ध बस्ने आयुष थापामगर, भोजपुर घर भई काभ्रे बस्ने सुरज मगर, काठमाडौं सुकेधाराकी रेश्मा लामा, पर्सा घर भई काठमाडौं बस्ने निर्मला भनिने मीना लामा, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने असल भुजेल र अभिषेक भुजेल, ओखलढुंगा घर भएका ङिमा शेर्पा र धनबहादुर तामाङ, बूढानीलकण्ठका आयुष राई र सुमन लिम्बूलगायत छन् ।

उनीहरूले बन्द अवस्थामा रहेको होटेल, रेस्टुराँ, किराना पसल तथा कोठाबाट विभिन्न सामान चोरी गरेका प्रहरीले जनाएको छ। विभिन्न व्यक्तिले दिएको  उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको कार्कीले बताए। पक्राउ पर्नेमा केही बालबालिकासमेत छन्।

‘पक्राउ परेकाहरूलाई अनुसन्धनपश्चात् कानुनी कारबाही अघि बढाइएको छौँ। कतिपयलाई सम्झाइबुझाई गरेर परिवारको जिम्मा लगाएका छौँ, केहीलाई सुधारगृह पठाएका छौँ,’ कार्कीले भने । रासस





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार १८:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया