सोमबार नेपालमा थपिए २४ जना कोरोनाभाइरस संक्रमित, संक्रमित कूल संख्या १३४

नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या १३४ पुगेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकाका १३ जनामा कोरोनाभाइरस संक्रमण सोमबार साँझ पुष्टि भएको हो । 

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यीमध्ये १२ जना पुरुषहरु हुन् । उनीहरु १५ वर्षदेखि ४० वर्षसम्मका छन् । 

त्यस्तै एक जना महिलामा पनि कोरोनाभाइरस पुष्टि भएको छ । उनी ११ वर्षीया बालिका हुन् । 

कपिलवस्तुका यी दुई ठाउँमा आज विहान अन्य १० जनामा पनि कोरोनाभाइरस पुष्टि भएको थियो ।

नेपालमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ३३ जना निको भइसकेका छन् । 





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार १९:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया