आज विहानमात्र काठमाडौंमा नेवि संघका नेता तथा कार्यकर्ताले काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए ।
अब यो राँको फैलिएर पोखरासम्म पनि पुगेको छ । पोखरामा त नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समेत पुत्ला जलाइएको छ ।
नेपाली भूमिमा भारतले सडक बनाएपछि विरोध गर्न नेवि संघ कास्कीले पोखरामा विरोधको कार्यक्रम गरेको हो ।
भारतीय अतिक्रमणबाट नेपाली भूमि फिर्ता ल्याउन पनि नेवि संघले अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।