माधव नेपालको प्रस्तावः भारतसँगको सीमामा पर्खाल लगाऔँ

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल–भारत सीमामा बारम्बार विवाद भइरहेको हुँदा काँडेतार वा पर्खाल लगाउनु अब उपयुक्त हुने प्रस्ताव राखेका छन् ।

सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालले यस्तो प्रस्ताव राखेका हुन् । 

‘भारतले सीमा मिच्ने काम गरिरहेको छ,’ उनले भनेका छन्, ‘दशगजामा बाँध बाध्ने काम भइरहेको छ, सुरक्षाफौज प्रयोग गरेर बाटो निर्माणसमेत भयो ।’

त्यसपछि नेपालले थपेका छन्, ‘यसरी सधैं विवाद गरिरहनु भन्दा काँडेतार लगाएर हुन्छ कि पर्खाल खडा गरेर हुन्छ, सीमामा हुने विवादहरुलाई कम गर्न थाल्नु पर्यो ।’

उनले अब नेपालले यो सीमा नियमन र व्यवस्थापन कसरी गर्ने भन्नेबारे सोच्ने बेला आएको बताएका छन् । 

नेपाली भूमि मिच्न भारतले सीमा स्तम्भ भत्काइदिने, सार्ने र नेपालीलाई समेत दुःख दिने भएकाले अब भारतको दृटिकोणमा गम्भीर प्रश्न उठ्न थालेको पनि बताएका छन् ।



यसका लागि नेपाली राजनीतिक दलहरु एकजुट हुनु पर्ने धारणा पनि उनले राखेका छन् ।

योमात्र होइन, उनले नेपालले आफ्नो राजनीतिक नक्सा छिट्टै प्रकाशन गर्नु पर्ने पनि बताएका छन् ।  



  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार २१:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया