भारतमा ३१ मेसम्म लकडाउन बढ्ने सम्भावना

भारतमा कोरोनाभाइरस रोकथामका लागि लगाइएको लकडाउन फेरि एक चरण कम्तिमा पनि दुई साताका लागि बढाउने तयारी हुन थालेको छ । सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेपछि यो सम्भावना बढेको हो । 

लकडाउनलाई कम्तिमा पनि यो महिनाको अन्त्यसम्म लैजानु पर्ने बिहारका मुख्यमन्त्री नीतिश कुमारले अपिल गरेका छन् । उनले बिहारमा रहेका मानिसहरुलाई सम्हाल्नका लागि पनि अहिले लकडाउन बढाउनु पर्ने सुझाव दिएका हसन् । 

४ मेपछाडि खुकुलो भएको लकडाउनका कारण आफ्नो राज्यमा एक लाख मानिस आएको र अब उनीहरुलाई व्यवस्थापन गर्नका लागि पनि लकडाउन लम्ब्याउनु पर्ने उनले बताएका हुन् । उनले कोरोना परीक्षणमा पनि केन्द्र सरकारको सहयोग खोजेको छन् । 





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार २२:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया