इटालीमा अब आइसियूमा १ हजारभन्दा कम

कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित युरोपेली राष्ट्रमध्येको एक इटालीमा पछिल्लो २४ घन्टामा १ सय ७९ जनाको निधन भएको छ । यो आइतबारको तुलनामा थोरै बढी हो । 

योसँगै अब इटालीमा मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३९ पुगेको छ ।

इटालीबाट अर्को पनि खुसीको समाचार छ । त्यहाँ अब सघन उपचार कक्षमा भर्ना भएकाहरु १ हजारभन्दा कम छन् । इटाली सरकारले जनाएअनुसार कोरोनाभाइरसका कारण अस्पतालमा भर्ना भएकाहरु अब ९ सय ९९ जनामात्र आइसियूमा छन् । दुई महिनाअघि मात्र त्यहाँ ४ हजारभन्दा धेरै मानिस आइसियूमा थिए । 

इटालीमा सोमबार ७ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन् ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार २३:१७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया