ट्रम्पले भने– हो, ह्वाइटहाउसमा मास्क लगाउन मैले निर्देशन दिएको हुँ

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा आफूले निर्देशन दिएर सबैले मास्क लगाउन थालेको बताएका छन् । सोमबार ह्वाइटहाउसले एक निर्देशिका निकाल्दै राष्ट्रपति भवन जाने जो कोहीले मास्क लगाउनु पर्ने जनाएको थियो । 

‘हो, मलाई त्यो चाहिएको हो,’ मास्क लगाउनु पर्ने निर्देशनबारे ट्रम्पले भने, ‘मास्क लगाउनु पर्छ ।’

केही समयअघि मात्र ट्रम्पले आफूले चाहिँ मास्क नलगाउने बताएका थिए । 

तर, उनलाई खाना सर्भ गर्ने एक व्यक्तिलाई नै कोरोनाभाइरस संक्रमण भएपछि उनले यो विषयमा आफ्नो धारणा परिवर्तन गरेको अमेरिकी मिडियाले दाबी गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार ३:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया